
कपिलवस्तु।
कपिलवस्तुमा बैशाख २१ गतेदेखि १० दिनका लागि निषेधाज्ञाको घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले बैशाख २१ गते बिहान ४ बजेदेखि बैशाख ३१ गते शुक्रबार बेलुका १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा लागु गरिएको हो ।



कपिलवस्तुमा पछिल्लो समय तिब्रगतिमा कोरोना संक्रमण फैलिरहेको छ । अहिले कपिलवस्तुमा ४ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।









