
अर्घाखाँची ।
अर्घाखाँचीमा एक भारतीय नागरिकको लडेर मृत्यु भएको छ।
भारतको मोतिहारी जिल्ला बिहार घर भई सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा कवाडी काम गर्दै आएका बर्ष ३७ का भगेलु शाहको बाटोमा हिड्दा हिड्दै अचानक मृत्यु भएको हो ।



बाटोमा लडेर टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनका साथीहरुको भनाइ अनुसार उनले बिगत ३ दिन देखि खाना नखाँइ रक्सी मात्र खाइरहेका थिए । विगत १०–१२ बर्ष देखि उनी सन्धिखर्कमा बस्दै आएका थिए ।









