
काठमाडौं ।
सोमबार देशका केही स्थानमा वर्षाको सम्भावना रहनुका साथै पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘सोमबार दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ’ महाशाखाको मौसमी बुलेटिनमा भनिएको छ, ‘देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’



यस्तै रातीपनि त्यस्तै अवस्था रहने महाशाखाको भनाइ छ ।
हाल भने देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक बिकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।
जसले गर्दा देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भूभागका केहि स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ ।








