
दिपक भट्टराई,पाल्पा



रिब्दीकोट गाउँपालिकाले कृषकहरुको मागलाई मध्य नजर गदै जमिनको माटो परिक्षण कार्य सुरु गरेको छ ।गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकरण गरी लगानी र परिश्रम अनुसारको उत्पादन गर्नको लागी माटोको परिक्षण गर्न लागेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पालिकाका सबै वडा भित्रबाट करिब ५०० नमुना सकल्न गरि परिक्षण सुरु गरिरहेको गाउँपालिका कृषि शाखा प्रमुख रन्जिव कुवँरले जानकारी दिनुभयो । कुवँरले भन्नुभयो हामिले किसानको मागअनुसार पालिका भित्रका कृषिहरुलाई व्यवसायिक कृषिमा उन्नमुख गराउन विभिन्न शिप मुलक तालिम देखि उन्नत जातका बिउ, विजन वितरण समेत गरिरहेको छौ ।
कृषकहरुलाई माटोको नमुना सङकलन सम्बन्धी तालिम दिएर नमुना परिक्षण गर्न लागीएको प्रमुख प्रशाकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।यसरी गरिएको परिक्षणका आधारमा प्राप्त नजिजाबाट माटोको अवस्था अनुसार विभिन्न खेती तथा बालिनाली लगाउन सकिने अर्यालले सुपादेउराली खवर लाई जानकारी दिनुभयो ।गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले माटो परिक्षणले किसानहरुको कृषि खेतीमा मोह बढ्ने बताउदै, कसैले पनि जग्गा बाझो नराखी खेती गर्न सुझाव दिनुभयो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी .ले माटोमा मलखाद व्यवस्थापन गरि कृषिमा सुधार गर्नका लागी सिङ्गो पालिका लागिपरेको बताउदै परिक्षणबाट माटोमा नाइटोजन ,फर्सफोरस, पोटासको को अवस्था पता लगाई थप उपचार तथा व्यवस्थापन गर्न किसानहरुलाई सल्लाह दिन सकिने बताउनु भयो । गाउँपालिकाको कृषि शाखाको आयोजना सुरु भएको माटो परिक्षण कार्य आइकन मल्टी एग्रो कन्ट्सन प्रा.लि ले गरिरहेको छ ।










