
काठमाडौं ।
कोरोनाको लक्षण अनुसार खानेकुराहरु खानूस् :
खोकी लागेमा



मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउने ।
छिट्टै अघाएको महसुस भएमा
–पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।
खान मन नलागे वा भोक कम लागेमा
फलफूल प्रसस्त मात्रामा खाने ।
पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक मार्फत पूर्ती गर्न सकिन्छ ।
तौल घटेमा
पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने, पटक पटक थोरै मात्रामा खाना खाने।
पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिने खाना खाने।
सास फेर्न गाह्रो भएमा
कार्वोहाइड्रेड कम भएको खानेकुरा खाने, शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खाने ।
अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खाने।
शरीर दुखेमा वा थकाई लागेमा
खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा खान्।
चिनी वा गुलिया खानेकुरा कम खाने।
मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने।
पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने।
शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।
धेरै खकार, सिगान आएमा
भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात खाने।
सुप प्रशस्त मात्रामा पिउने, प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो,
च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने ।
वान्ता भएमा
थोरै थोरै गरी पटक पटक खाना खाने, बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने, धेरै तातो खानेकुरा नखाने।
चिल्लो कम भएका खानेकुरा खाने, थोरै पछाडी ढल्किएर बसाएर खाना खाने ।
बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने ।
रक्तअल्पता देखिएमा
आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने।
खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने।
शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा
खानामा नुनको मात्रा घटाउने, झोलिलो खानेकुरा र पानीको मात्रा घटाउने ।
प्रसस्त पोटासियम पाउने खानेकुरा खाने ।
ज्वरो आएमा
ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ।
आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा खाने ।
एजेन्सीको सहयोगमा








