
भैरहवा ।
भैरहवामा रहेको भिम अस्पताललाई अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान गरिएको छ ।
भैरहवामा क्रियाशिल उद्योग तथा ब्यपार संगठन र सहकारीहरुले अक्सिजनकै अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान गरेका हुन् ।



जिल्ला स्थित सरकारी अस्पताललाई अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान गरिएको सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए ।
अहिले कोभिड महामारीलाई हेर्दै स्वतःस्फूर्त रुपमा उक्त सामाग्री प्रदान गरिएको श्रेष्ठले बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघले २५ थान सिलिण्डर, उद्योग ब्यापार संगठन रुपन्देही २५ थान सिलिण्डर, जनउत्थान सहकारी संस्था लिमिटेडले ३० थान फ्लोमिटर र दर्शन सहकारी संस्था लिमिटेडले २० थान फ्लोमिटर सहयोग गरेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।









