
गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले ५ बेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरेको छ ।
गाउँपालिकले अस्थायी कोभिड अस्पतालमा एन्टिजेन परीक्षण, पीसीआरका लागि स्वाब संकलनका लागि आवश्यक तयारीसहित जनशक्ति र एम्बुलेन्स समेत व्यवस्था गरिएको छ ।



कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
आवश्यक परेमा १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए ।
हाल गाउँपालिकामा कोरोनाबाट १० जना सक्रिय संक्रमित छन् ।









