
गुल्मी ।
गुल्मीमा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड बढी बजेट विनियोजन गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेको स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो ।



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि बजेट विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए ।
पहिरोका कारण बस्ती जोखिममा परेको रुरु क्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घामा टाहाटीम पहिरोका रोकथामका लागि ७५ लाख, सत्यवती गाउँपालिकाको वडानम्बर–५ हँसराको सुन पहिरोका रोकथामका लागि ४५ लाख, छत्रकोट गाउँपालिकाको वडानम्बर–४ दिगामस्थित दिगाम पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबीचौर भँगारी पहिरो रोकथामका लागि ५० लाख, रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थानपति मनबाग पहिरो रोकथामका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको नेपालीले बताए ।
विनियोजित रकम यसै आर्थिक वर्षमा खर्च गरिसक्नु पर्नेछ ।









