
काठमाडौं ।
स्थानीय वायुको असर कायमै रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान प्रदेश नम्बर एक र दुईको मौसम पूर्ण बदली भएको छ भने अन्य स्थानमा पनि आंशिक बदली भएको छ।



हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित न्यून चापीय तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका विभिन्न स्थानमा पानी पर्ने संभावना छ। यस्तै प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका पनि केहि स्थानमा पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिइन्।
मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सजग रहन महाशाखाले आग्रह गरेको छ।








