
बुटवल ।
रुपन्देहीमा एकै दिन ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।



थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् ।
यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना,शुद्धोधनका ५७ जना, देवदहका ४२ जना, र सैनामैनाका ३५ जना छन् ।
यसैगरी ओमसतियाका २२, रोहिणीका १९, सियारीका ८, कञ्चनका ६, मायादेवीका ५, गैडहवाका ३ तथा मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२२ जना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा १५७ जना संक्रमितहरुले अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।
संक्रमित मध्ये ४ हजार ५१९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।









