
काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।



प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पोखरेलले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ ।








