
भैरहवा ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ सय ८७ जना संक्रमित थपिएका छन् ।
आज थपिएका मध्ये सबै भन्दा बढी बुटवल उपमहानगरपालिकाका २ सय ५५ जना रहेका छन् । जसमध्ये १ सय ५ जना महिला र १ सय ५० जना पुरुष रहेका छन् ।



यसै गरि सिद्धार्थनगर नगर पालिकामा ३२ महिला र ३५ पुरुष गरि ६७ जना, तिलोत्तमा नगरपालिकामा ६७ महिला र ६९ पुरुष गरि १ सय ३६ जना, सैनामैना नगरपालिकामा १९ जना महिला र २४ जना पुरुष गरि ४३ जना र देवदह नगरपालिकामा १७ जना महिला र १९ जना पुरुष गरि ३६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ ।
यस्तै कोरोनाको कारण थप १३ जनाले ज्यान गुमाएका छन् । यस संगै रुपन्देहीमा मृतकको संख्या २ सय ३३ पुगेको छ । हिजो २१ गते मृत्यु हुनेको संख्या केही घटे पनि आज फेरी बढेको हो ।
कोभिडकै कारण २० गते ११ जना र २१ गते ४ जनाले ज्यान गुमाएका थिए । दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ ।










