
दाङ ।
दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो ।



मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् ।
उनीहरु कोरोना र निमोनियाबाट पीडित थिए ।









