
बुटवल ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने भएको छ ।
कोरोना संक्रमणका गम्भीर प्रकारका बिरामीहरुकोे संख्या दिनहँु थपिँदै गएकाले एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।



प्रमुख घिमिरेले चढ्दै आएको लु १ झ ३६० र उपमेयर जागेश्वरीदेवी चौधरीले प्रयोग गर्ने ३ सय २६ नम्बरको स्कर्पियो गाडी कोरोनाका संक्रमितहरुलाई अस्पताल लैजानको लागी प्रयोग गरिने भएको हो ।
‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’
ति गाडीहरुमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइसकेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए ।









