
गुल्मी ।
खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक युवा बेपत्ता भएका छन् ।
बढिगाड खोलामा माछा मार्दै गर्दा खोलाले बगााएर ति युवा बेपत्ता भएका हुन्् ।



मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
बेपत्ता मिलनको खोजीकार्य भइरहेको प्रहीले जनाएको छ ।









