
बुटवल ।
रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ ।
बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।



नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण गर्नु परिरहेको र कोरोना संक्रमित थपिने दर वृद्धि भई परिस्थितीलाई गम्भीर रुपमा लिदै गएपछि निषेधाज्ञालाई थप कडा गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको सूचनामा भनिएको छ ।
बिहीबार बसेको डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजे सम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानविय सेवा प्रवाहका लागि हरेक बैक, बित्तिय संस्थाले १÷१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तिय सस्ंथा बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।
कोभिड १९ महामारी व्यवस्थापनका लागि विद्यमान विज्ञ स्वास्थ्यकर्मी,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य जनशक्ति र उपकरणको अपर्याप्तता देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय बैठकले गरेको छ ।
खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयहरूः









