
गुल्मी ।
कोरोना संक्रमीतको संख्या बढदै गएपछि गुल्मीमा १० दिन निषेधाज्ञा थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।



गुल्मीमा आज शनिवार राती १२ बजे सम्म निषेधाज्ञा कायम रहेको थियो । कोरोना संक्रमणको दरमा बृद्धि भएपछि बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै जेठ ४ गते सम्म कायम राख्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाइनेछ ।
तम्घास र गाउँमा रहेका बैंक सबै बन्द गरिएको छ । मानवीय र आकस्मिक समस्यामा भने सहजीकरण गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।
विवाह, दाहसंस्कारमा १५ जनाभन्दा बढी जमघट हुन नपाइने भएको छ । कोरोना संक्रमितको संख्या बढेकाले दोस्रो चरणको लकडाउनलाई कडाई गरिएको भण्डारीले बताए ।









