
बुटवल ।
लुम्बिनी प्रदेशमा ३८ जना पत्रकारहरु कोरोना संक्रमित भएका छन्।
पत्रकार महासंघ लुम्बिनीका अनुसार प्रदेशका विभिन्न जिल्लाका ३८ जना पत्रकारहरु कोरोना संक्रमित भएका हुन्।



सबैभन्दा बढी रुपन्देहीमा १४ जना,त्यस्तै बांकेका १२ जना, दाङका ४ जना, बर्दियाका ४ जना, पाल्पाका २ जना तथा कपिलवस्तु र नवलपरासीका १/१ जना पत्रकार संक्रमित भएका छन्।
संक्रमितमध्ये रुपन्देहीका २ जना र दाङका एक जना पत्रकारको अस्पतालमै भर्ना गरेर उपचार भैरहेको छ। अरु पत्रकारहरु भने हालसम्म होम आइसोलेसनमै रहेका छन्।
कोरोना संक्रमणको दर बढिरहँदा पत्रकार महासंघका जिल्ला शाखाहरुमा आइसोलेसन स्थापना भइरहेका छन्।









