
कपिलबस्तु ।
कपिलवस्तुमा आज (आइतवार) एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ जना संक्रमितको मृत्यु भएको हो ।



मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० वर्षीया महिला रहेका छन् ।
यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए ।
जिल्लामा आईतवार १०८ जना संक्रमित थपिएका छन् भने ६२ जनाले कोरोनालाईं जितेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् भने अहिले ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।









