
बुटवल ।
कोरोनाको दोस्रो लहरमा रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एवम् विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ
रुपन्देहीले जनाएको छ ।



महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गरि संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन । संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन् ।
संक्रमित मध्ये केहि निको भएको र अधिकांश कोरोनासाग जुधिरहेको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारको जीवन नै असुरक्षामा रहने गरि रिर्पोटिङ गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना नगर्न र सकेसम्म इन्टरनेट, फोन तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरि घरबाटै काम गर्ने वातावरण मिलाइ दिन समेत सम्पूर्ण सञ्चार गृहलाई महासंले आग्रह गरेको छ ।
महासंघ रुपन्देहीले कोरोनाको वाहनामा खाइपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चारगृहलाई अनुरोध गरेको छ ।
‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना
यसैगरि महासंघ रुपन्देहीको सोमबार बसेको कार्यसमितिको भर्चुअल (अनलाईन) बैठकले कोरोना महामारीले विस्तारै स्वास्थ्य समस्यासागै पेशागत असुरक्षा समेत बढाउन सक्ने भएकाले ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । यो कोषमा तीन सरकार, विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा पत्रकारिता क्षेत्रलाई माया गर्ने शुभेच्छुकहरूलाई आर्थिक तथा स्वास्थ्य सुरक्षा एंव पत्रकारका लागि आवश्यक सामग्री समेत स्वतः स्फूर्त रुपमा सहयोग गर्न अपिल गरेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको शाइन रेसङु्गा डेभलपमेन्ट बैंकमा रहेको खाता न ००१००१००००५०३३०००००१ मा जम्मा गर्न सकिने विज्ञिप्तीमा भनिएको छ । साथै बैठकले कोरोना महामारीले पत्रकारहरूलाई पारेको प्रभावलाई मध्यनजर गरि स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन गर्ने, संक्रमित पत्रकारहरूको उपचारमा सक्दो संस्थागत पहल गर्ने निर्णय गरेको छ ।









