
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य रुपन्देहीका अनुसार सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २६० संक्रमित थपिएका छन् ।



यस्तै तिलोत्तमामा ७९ जना, ओमसतियामा ५०, सिद्धार्थनगरमा ३१ र देवदहमा र सैनामैना नगरपालिकामा २४/२४, कञ्चन गाउँपालिकामा १०, सियारी गाउँपालिकामा ९, सुद्धोधन गाउँपालिकामामा ८, गैडहवा र रोहिणी गाउँपालिकामा ३/३ जना, मर्चवारी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४३८ कोरोना संक्रमित निको भएका छन् । यो सँगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ११ हजार ८५५ पुगेको छ । ६ हजार ४४० कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।









