
काठमाडौं ।
सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन् ।
सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो ।



तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कतै पानी भरिएको छ कतै फोहोर । यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ ।
सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन् ।
तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो । तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भन्नुपर्छ, उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन ।’ पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाइने योजना सरकारको छ ।
दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । तर, शिलान्यास गरेर सरकार निदाएको छ ।
नयाँ पत्रिका दैनिक








