
पाल्पा ।
पछिल्लो २४ घण्टामा पाल्पामा १ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा ७८ र एन्टिजेन परीक्षणमा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



एक सय ११ जनामा पिसिआर परीक्षण र १ सय ६४ जनामा एन्टिजेन परिक्षण गरिएको हो ।
पिसिआर परिक्षणमा तानसेनका ४२ जना, माथागढीका ८, रामपुर,रैनादेवी छहरा, तिनाउका एक÷एक जना, रम्भाका ३,बगनासकालीका ६, रिब्दीकोटका १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा तानसेनका ५१, माथागढी, रैनादेवी छहरा, रिब्दीकोटका एक÷एक, रामपुरका ७, पूर्वखोला ३, बगनासकालीका १३, तिनाउ ५, जनामा संक्रमण देखिएको हो ।
अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ५६ पुगेको छ ।
अहिलेसम्म जिल्लामा एक हजार दुई सय ६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै मंगलबार जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र ३० जना पुरुष डिस्चार्ज भएका हुन् ।
कोरोनाका कारण अहिलेसम्म जिल्लामा ५४ जनाको मृत्यु भएको छ ।









