
भैरहवा ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ५६ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ८ सय १८ जनाको आरटिपिसिआर परिक्षणबाट ५ सय ५६ जना संक्रमित देखिएका हुन ।
थपिनेमा बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी ८९ जना महिला र ९० जना पुरुष गरि १ सय ७९ जना संक्रमित भएका छन् ।



यस्तै तिलोत्तमा नगरपालिकामा ५२ महिला र ४७ पुरुष गरि ९९ जना, सिद्धार्थनगर नगर पालिकामा ५३ महिला र ६७ पुरुष गरि १ सय ३० जना, ओमसतिया गाउँपालिकामा ११ जना महिला र १४ जना पुरुष गरि २५ जना, देवदह नगरपालिकामा १२ जना महिला र ७ जना पुरुष गरि १९ जना रहेका छन् ।
यस्तै सियारी गाउँपालिकामा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जना, मायादेवी गाउँपालिकामा १ महिला र १४ पुरुष गरि १५ जना संक्रमित भएका छन् ।
यस्तै २४ घण्टामा थप १४ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
यससंगै रुपन्देहीमा मृतकको संख्या २ सय ९३ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ३० रहेको स्वास्थ कार्यालयले जनाएको छ ।









