
बाग्लुङ ।
ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
ट्याक्सीमा सवार एक महिला घाइते भएकी छन्।
पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा मंगलबार राति दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।



वन्तका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन्।
दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छन्। घाइतेको उपचार भैरहेको प्रहरीले जनाएको छ ।









