
भैरहवा ।
नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले आवासको लागि प्रयोगमा ल्याएका छन् ।
पार्टी कार्यालयमा २५ बेड तयार गरि बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाइ अस्थायी रुपमा आवासको लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।



कोरोना महामारी बढिरहेको र अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा कांग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेशन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आवासको रुपमा प्रयोगमा ल्याइएको रज्जाकले बताए ।
आवश्यकता अनुसार अरु बेडहरु पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य संस्थाले समेत प्रयोगमा ल्याउन सक्ने उनले जानकारी दिए ।









