
काठमाडौं ।
देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।



गएको २४ घण्टामा २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन्।
योसँगै सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ।
जसमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार १ हजार ३ सय ८१ जना आइसियु र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् ।
गत २४ घण्टामा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक छ।








