
अर्घाखाँची ।
अर्घाखाँचीमा जारी निषेधाज्ञा जेठ १० गतेसम्मका लागी लम्बाइएको छ ।
कोरोना महामारीको दोस्रो लहरबाट बच्नको लागी गत बैशाख २० गतेबाट जारी निषेधाज्ञालाई जेठ १० गते सम्म लम्बाइएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।



जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रवार बसेको बैठकले जारी निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा पहिला जस्तै अतिआबश्यक सवारी साधनहरुलाई मात्र चल्न दिईने छ ।
बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध समेत गरेको छ ।
निषेधाज्ञाको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धी गर्ने, कृत्रिम अभाव सृजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लोख गरिएको छ ।
कोरोना माहमारीको दोस्रो लहरको यो समयमा देशभरका ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।










