
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
१ सय ५० जनामा पिसिआर परीक्षण गर्दा १ सय ४ जना र ६४ जनाको एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका १२९ जना संगै जिल्लामा सक्रिय संक्रमितको सङख्या एक हजार ४ सय ८३ पुगेको छ ।



सक्रिय संक्रमितहरु मध्येमा एक हजार ४ सय १८ जना होम आइसोलेसनमा रहेका छन् भने ६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै शुक्रबार थप ८ जना संक्रमितले कोरोना जितेका छन् । योसँगै जिल्लामा कोरोना जित्नेको संख्या दुई हजार तीन सय ८७ रहेको छ ।
कोरोनाका कारण अहिलेसम्म जिल्लामा ६३ जनाको मृत्यु भएको छ ।









