
काठमाण्डौ ।
गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१९ हजार पाँच सय ३९ जनाको पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।
यस्तै थप एक सय ४५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।








