
गुल्मी ।
नेपाल पत्रकार महासंघ गुल्मीले अस्पतालमा अक्सिजनको अभाव नहोस भनेर तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ।
कोरोना महामारीमा अक्सिजन अभावले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर करिब पाँच लाख बराबरको भरेको अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए।



महासंघले विभिन्न संघ, संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गर्दै अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरेको हो।
माहामारीको समयमा पत्रकार महासंघले अनुकरणीय कार्य गरेको भन्दै महासंघलाई तम्घास अस्पतालका डाक्टर उत्तम पच्याले धन्यबाद ब्यक्त गरे।
महासंघले प्रदान गरेको अक्सिजन सिलिण्डरले संक्रमित बिरामीहरुको उपचारमा सहजता थपिदिएको पच्याले बताए।
महासंघले अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर सहयोग अभियान चलाएको हो।
आइतबार बिहानसम्म देश तथा बिदेशबाट करिब ३६ लाख ६२ हजार पाँच सय १५ रुपैयाँ सहयोग रकम जम्मा भएको छ।









