
पाल्पा ।
पाल्पामा सोमबार एकै दिन अहिले सम्मकै धेरै संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ कार्यालय पाल्पाका अनुसार एकैदिन २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संख्या अहिलेसम्मकै उच्च हो।



कूल ४३६ जनाको परीक्षण भएकोमा २२१ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। उनका अनुसार पीसीआर र एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको थियो।
जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ६७ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा ३, माथागढीमा २८, बगनासकालीमा १९, तिनाउमा ५, रम्भामा १७, रिब्दीकोटमा ९, रैनादेवी छहरामा १३, पूर्वखोलामा २, निस्दी ५८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये केही भारतसहित तेस्रो मुलुकबाट फर्किएका पनि रहेका छन् ।
जिल्लामा अहिले १ हजार ५६५ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ७४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
१ हजार ४९१ जना होम आइसोलेसनमा बसेका छन्। कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ।









