
गुल्मी ।
गुल्मीमा निषेधाज्ञाको अबधि थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।



यस अगाडि गरिएको निषेधाज्ञाको समय जेठ ४ गते राती १२ बजे सम्म रहेको थियो ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहने छन् ।
निषेधाज्ञाको कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्र्तगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।









