
बुटवल ।
रुपन्देहीमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार एकैदिन १ हजार ३३६ जनाको परिक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



सोमबार बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै १६४ जना संक्रमीत थपिएका छन् ।
यस्तै तिलोत्तमा नगरपालिकामा ७६ , सैनामैनामा ३३ ,शिद्धार्थनगर नगरपालिकामा २८ ,देवदहमा ३१ , लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सियारी गाउँपालिकामा ११, गैडहवामा २ ,मायादेविमा ४ ,मर्चवारीमा १ ,ओमसतियामा १० ,कञ्चनमा ३ ,रोहणीमा १,शुद्धोधनमा ९ , सम्मरीमाईमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल जिल्लामा ६ हजार ६२८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।









