
पाल्पा ।
पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ।
सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो चरणअन्तर्गत निषेधाज्ञाको समयावधि थप गरेको हो।



यसअघि जारी गरिएको समय मंगलबार (भोलि) राति १२ बजेदेखि सकिँदै छ।
थप गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि १५ गते शनिबार राति १२ बजेसम्म कायम रहने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।
थप गरिएको निषेधाज्ञाको समयावधिमा यसअघि भन्दा थप कडाइ हुने भएको छ। सडक तथा बजारका चोक चोकमा प्रहरी परिचालन गरिने छ।
उनका अनुसार निषेधाज्ञाको समयमा यसअघिकै गतिविधिलाई निरन्तरता दिइने छ।









