
काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।



नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ ।
उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ।
६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ३ हजार ९२१, गण्डकीमा, ६५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना संक्रमित थपिएका छन् ।








