
काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।



यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ रहेको छ ।








