
बुटवल ।
रुपन्देहीमा पछिल्लोे २४ घण्टामा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ९ जनाको कोरोना परीक्षण गर्दा उक्त सङख्यामा संक्रमण पुष्टी भएको हो ।



यो परीक्षण गरिएको मध्येमा ३०.५ प्रतिशतमा संक्रमण भेटिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ८३ जना, सिद्धार्थनगर नगरपालिकामा २७ जना, देवदह नगरपालिकामा २२ जना, सैनामैना नगरपालिकामा २५ जना, ओमसतिया गाउँपालिकामा १४ जना,
शुद्धोधन गाउँपालिकामा ९ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ५/५ जना, कञ्चन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका र मायादेवी
गाउँपालिकामा ३/३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहीमाई गाउँपालिकामा १÷१जना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् ।अहिले जिल्लामा ५ हजार ८८८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।









