
कपिलवस्तु ।
कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यास मा जुटेका छन् ।
नागरिकप्रती बफादार भई केही पालिकाका जनप्रतिनिधी सकृयताका साथ सहयोगमा जुटेका छन् ।



केही भने आफ्नो कर्मचारीतन्त्र प्रयोग गरेर संकटको सामाना गरेका छन् ।
कपिलवस्तुका १० पालिकामा अलग अलग अभ्यास भएका छन् । तर शिवराज नगरपालिकाको अभ्यास हेर्ने हो भने संक्रमितको मनोवल उच्च बनाई निको बनाउन सहयोग गरेको छ ।
घर देखी अस्पताल सम्मको सेवा पुराउदै शिवराज नगरपालिका महामारीको काममा अतुल्निय बनेको छ ।
संक्रमित भएको थाहा भए पछि शिवराजका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितको घरै पुग्छन ।
छिमेकमा संक्रमण देखिदा टोलमा भने त्रास फैलिएको छ । तर जनप्रतिनीधी र स्वास्थ्यकर्मी त्रास हटाउदै स्वास्थ्य मापदण्ड प्रयोग गदै संक्रमित सँग कुराकानी गर्छन । स्वास्थ्य अवस्था बुझे पछि उनीहरुले परामर्स समेत दिन्छन् ।
होम आइसोलेसन राख्ने की थप उपचारका लागि अस्पताल पठाउने सल्लाह समेत दिन्छन र संक्रमितलाइ स्वास्थ्य सामाग्रीको कोसेली समेत दिन्छन ।
उनीहरु यसै गरी सवै संक्रमितको घर दैलोमा पुग्छन र भलाकुसारी गर्दै मनोवल उच्च बनाउने काम गर्छन । होम आइसोलेनमा पुगी उनीहरु पनी संक्रीमतको स्वास्थ्य अवस्था बुझने गरेका छन् ।
संक्रमण फैलिन नदीन चेक जाँचको दायरा समेत बढाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।
लक्षण देखिएका र अक्सीजन लेभल कम भएका संक्रमितको उपचारका लागि नगरपालिकाले आधारभुत अस्पतालको व्यवस्था गरेको छ ।
त्यहा १५ शैयाको कोभिड बेड बनाइएको छ । अस्पतालमा डाक्टर सहितको सुविधा प्रदान गरिएको छ ।
यसका अलवा एक्सरे, ल्याव सेवा समेत संक्रमितलाइ निशुल्क प्रदान गरीएको अस्पतालका डाक्टर महेश गुप्ताले बताए ।
कोरोना संक्रमण बढ्दै जान थाले पछि नगरपालिकाले निकै सावधानी अपनाएको छ । महामारीमा शिवराज नगरपालिकाले दिएको सेवाले संक्रमितको हौसला बढाउन मद्धत गरेको छ ।









