
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार फेरि दुई अध्यादेश जारी गरेकी छिन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएको हो।



संविधानको धारा ८० मा प्रधानमन्त्री र मन्त्रीहरुले संघीय कानूनबमोजिम शपथ लिने भनिए पनि अहिलेसम्म कानुन बनेको थिएन।
प्रधानमन्त्रीको शपथ विवादमा परेपछि सर्वोच्चमा रिटसमेत परेको थियो।









