
बुटवल ।
रुपन्देहीमा पछिल्लोे २४ घण्टामा २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा उक्त सङख्यामा संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।



स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना,
कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना,
शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २÷२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
यो सँगै रुपन्देहीमा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४८६ जना संक्रमित निको भएका छन् ।









