
बुटवल ।
रुपन्देहीमा थप ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ९४९ जनाको कोरोना परीक्षण गर्दा ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



आज थपिएका मध्ये बुटवल उपमहानगरपालिकामा ११२ जना, तिलोत्तमा नगरपालिकामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना,
कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२/१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १/१ जना थपिएका छन् ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् । अहिले जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।









