
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा ४६ र एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



१ सय २० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १२ जना, माथागढीका २८, रामपुर,पूर्वखोला, रम्भा, तिनाउका एक/एक र बगनासकालीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा १३ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका ६, बगनासकालीका ४, माथागढी, पूर्वखोला, रिब्दकिोटका एक/एक जनामा संक्रमण देखिएको हो ।
शुक्रबार पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुत्रबार जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।









