
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा ७२ र एन्टिजेन परीक्षणमा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



१ सय २१ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १० जना, माथागढीका २, पूर्वखोला ५३, रैनादेवी छहरा, रम्भाका एक÷एक बगनासकालीका ३, रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा ३४ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका १३, माथागढीका २, बगनासकालीका ५, पूर्वखोला, रैनादेवी छहरा, रम्भा, रिब्दीकोटका एक÷एक , तिनाउका १० जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
पाल्पामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ६० पुगेको छ । जसमध्ये एक हजार ३ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









