
बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा शनिबार थप चार संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् । आईसीयूमा उपचाररत रुपन्देहीका ३ जना र गुल्मीका १ जना गरी ४ जनाको मृत्यु भएको हो ।



रुपन्देहीको तिलोत्तमा नगरपालिका २ का ७१ वर्षीय पुरुष,गुल्मीको दरबार गाउँपालिका ५ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
त्यस्तै रुपन्देहीको बुटवल ११ की ६१ वर्षीया महिला र सियारी गाउँपालीका ५ की ५६ वर्षीया महिलाको मृत्यु भएको गौतमले बताए ।









