
काठमाण्डौ ।
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिएका आफ्ना ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।



कांग्रेस सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्दा माधव कुमार नेपालसहित नेकपा एमालेका २६ सांसदले हस्ताक्षर पेश गरेका थिए ।
हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएकोले ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
उनीहरुलाई भोलि बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।








