
काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १८ हजार ९ सय ६५ जनाको कोभिड परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिए।



उनले एक सय ९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि जानकारी दिए।
त्यस्तै,७ हजार ६ सय ६४ जना कोरोना मुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसियुमा एक हजार ७ सय २१ जना र भेन्टीलेटरमा चार सय ८४ जना उपचाररत छन्।








