
भैरहवा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मणिग्राममा ट्राफिक लाइट जडान गरेको छ ।
तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो ।



तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा ब्यपारीक मार्गको अत्याधिक ब्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाईट जडानको लागी चालु आर्थिक बर्षमा २० लाख बजेट छुट्टयाएको थियो ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री का अनुसार अहिले पहिलो चरणमा मणिग्राममा ट्राफिक लाइट जडान गरिएको हो ।
आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि जडान गरिने प्रवक्ता श्रीले बताए ।
तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो ।








