
कपिलवस्तु ।
कपिलबस्तुमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ ।
कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ १० गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म थप गरिएको छ ।



निषेधाज्ञामा अनुमति नलिने सवारी साधानलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेयले बताए ।
विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसलहरु खुला हुने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








