
गोरखा ।
गोरखाको सिरानचोक गाउँपालिका–१ भिरसिंमा माटोको ढिस्कोले पुरिएर सोमबार दुई जनाको मृत्यू भएको छ ।
घरको कम्पाउन्डको जग खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घाइते भएका ५८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिमबहादुर गुरुङको उपचारका क्रममा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।



जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको घरको कम्पाउन्ड निर्माणमा खटिएका २ जनाको मृत्यु भएको डिएसपी दाहालले बताए ।
मृतक दुवैजना सिरानचोक गाउँपालिका–१ भिरसिंका हुन् ।








